KhabarUjyalo

कांग्रेसको प्रश्न ‘नेपालको भूमि मिचिदा राष्ट्रवादी सरकार खै ?’

१० चैत्र २०७७, मंगलवार
कांग्रेसको प्रश्न ‘नेपालको भूमि मिचिदा राष्ट्रवादी सरकार खै ?’

काठमाडौं । कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले वर्तमान सरकारले आफुलाई राष्ट्रवादी भन्ने गरेको तर, व्यवहारमा त्यस्तो नदेखिएको बताएका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा नेता बडुले ‘आफ्नो सार्वभौमसत्ता र आफ्नो माटोको विषयमा पनि बोल्न नसक्ने यो राष्ट्रवादी सरकार आफुलाई भन्ने तर, के हो यो राष्ट्रवादी व्यवहारमा हो कि भाषयमा मात्रै हो ?’ उनले प्रश्न गरे ।सीमा क्षेत्रमा निर्माणधिन तटबन्धबारे नेपाल सरकार र गृहमन्त्रालय बेखबर भएर रहेको बताए ।

दार्चुलाको सदरमुकाम स्थित महाकाली नगरपालिका वडा नम्बर ५ को पारीपट्टी भारत सरकारले तीन महिना यता नेपाल सरकारको कुनै सहमति र जानकारी बिना एकतर्फी रुपमा नेपालको समेत जमिन समेटेर तटबन्ध बनाएको ध्यानाकर्षण गरेका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo