अछाम, १० चैत । अछाममा चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किदा एक किशारीको मृत्यु भएको छ।
जिल्लाको मंगलसेन नगरपालिका– १ मा सोमबार साँझ चार्जमा लगाएर मोबाइलमा फिल्म हेर्ने क्रममा पड्किदा स्थानीय १५ वर्षिया सपना नाथको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब नायब उपरीक्षक तुलसीराम अर्यालले मोबाइल पड्किदा गम्भीर भएकी नाथको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जानकारी दिए।
उनी स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा पढ्ने अध्ययन गर्दै आएकी थिइन्।