धनगढी : त्रिभुवन विश्वविद्यालयमा ४८ दिनदेखि रिले अनशनरत नेपाल विद्यार्थी संघले रिले अनशन तोडेका छन् । ५ सुत्रीय माग राख्दै नेविसंघका बिद्यार्थी नेताहरुले त्रिवि प्राङगणमा थालेको रिले अनशन सोमबार उपकुलपति डा. धर्मकान्त बास्कोटाले ६ बुदेमा सहमति गर्दै त्रिबि केन्द्रिय क्याम्पस ब्यबस्थापन सन्कायको तेस्रो सेमिस्टरमा अध्ययनरत मान बहादुर बोहरालाई जुस खुवाएर रिले अनशन तोडाएका हुन् ।
बिगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्बाचन जेठ ३० गते भित्र निर्वाचन गर्ने लगायत ६ बुदे सहमति गर्दै रिले तोडेका थिए । त्रिबिका उपकुलपति र अन्य पदाधिकारी र नेबिसंघ निबर्तमान कोषाध्यक्ष शिब रिमाल त्रिभुवन बिश्वबिद्धालय सभापति श्याम चन्द्र अधिकारी कावा सभापति गणेश भण्डारी युबा नेता धर्म साही प्रेमिका राना मगर र अन्य नेबिसंघ नेताहरु पुगेका थिए ।