धनगढी : सामाजिक कार्यमा सक्रिय रहेकी धनगढी उपमहानगरपालिका ३ कि रितिका गुरुङ सडकमा बेवारिसे कुकुरको शव ब्यवस्थापन गर्न जुटेकी छन् । १ बर्ष अघि आफनै घर धनगढी उप–महानगरपालिकाको वडा नम्बर ३, चटकपुरमा `स्ट्रीट पव्ज’ संस्था सन्चालन गरेर वेवारिसे कुकुरलाई आस्रय दिएर पालनपोषण र उपचार गर्दै आएकि छन् ।
अहिले बेवारिसे कुकुरको उद्वारसङ्गसङ्गै अहिले धनगढी उपमहानगरपालिका भित्र बजार क्षेत्रमा बेवारिसे कुकुरको लासको ब्यवस्थापनमा पनि जुटेकी छन् । उनले थालेलेको सो अभियानमा उनी उनिसङ्गै निर्मल भट्ट, रिदम रोकाया, एन्जल चन्द र चन्दर गुरुङले साथ दिएका छन् । बेवारिसे कुकुर मृत्युपछि बाताबरण दुर्घन्धित हुन्छ भने बेवारिसे कुकुरबाट विभिन्न रोग संक्रमण हुने जोखिम रहेको हुन्छ । मानिस जस्तै उनिहरुको पनि प्राण हो मानिस जस्तै उनिहरुलाई शव ब्यबस्थापन गर्ने पर्छ भनेर आफू बेवारिसे कुकुरको शव ब्यबस्थापनमा जुटेको रितिका गुरुङले बताईन ।
बाटोमा कहिँकतै सडकमा बेवारिसे कुकुरलाई देखेपछि उद्वार गर्ने,उनिहरुलाई खाना खुवाउने उनिहरुको हेरचाह गर्ने र बेवारिसे कुकुरको लास ब्यवस्थापन गर्ने गरेको बताईन । अहिलेसम्म ३४ वटा सडक वेवारिसे कुकुरको शव ब्यबस्थापन गरेका छौ । बेवारिसे शवला मोहना नदिको किनारमा गाडेर ब्यबस्थापन गर्ने गरेको उनले बताईन
। अहिले उनको `स्ट्रीट पव्ज’ संस्थामा वेवारिसे कुकुर र बच्चा गरि २४ वटालाई आस्रय दिएकी छन् । भने अहिलेसम्म उनले १८२ वटा कुकुर र कुकुरको बच्चालाई उद्दार गरिसकेकी छिन । जसमध्ये दुर्घटनामा परेका कुकुरको उपचारका क्रममा ३४ वटा कुकुरको मृत्यु भएको भएको छ । बाकी कुकुर पालनपोषण गर्न स्थानीयले घरमा लगेको उनले बताईन ।
बेवारिसे कुकुरको ब्यवस्थापन गर्न कार्य एकलैको चुनौती भएपनि सबै सङ्ग सहकार्य गरेर संस्थालाइ अझै प्रभावकारी बनाउने लक्ष्य रहेको उनले बताइन ।