KhabarUjyalo

ईश्वर पोखरेलले नेपालसहित चार नेतालाई स्पष्टीकरण माग

९ चैत्र २०७७, सोमबार
ईश्वर पोखरेलले नेपालसहित चार नेतालाई स्पष्टीकरण माग

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण माग गदै पत्राचार गरेको छ ।

पार्टी महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव कुमार नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण माग दिन भन्दै पत्राचार गर्नुभएको हो ।

पार्टी हितविपरीत गतिविधी गरेको भन्दै एमालेले चार नेताहरूलाई स्पष्टिकरण सोधेको हो ।

स्रोतका अनुसार वरिष्ठ नेता नेपालको पत्र उहाँका स्वकीय सचिव नितेज पौडेल, नेता सुरेन्द्र पाण्डेको पत्र उहाँका स्वकीय सचिव सन्जिव पाण्डेलाई बुझाइएको छ ।

अर्का नेता भीम रावलले भने स्पष्टीकरणपत्र बुझ्न अश्वीकार गर्नुभएको छ। उहाँले पार्टीको विधान विपरीत काम प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भन्दै ओलीले नै जनतासामू स्पष्टिकरण दिनुपर्ने बताउनुभएको छ ।

शनिवार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पार्टीविरुद्ध गुटबन्दी गरेको, समानान्तर कमिटीहरु बनाउन थालेको र पार्टी तथा सरकारविरुद्ध षड्यन्त्र गरेको भन्दै चार नेतासँग स्पष्टीकरण लिने निर्णय गरेको थियो ।

स्पष्टिकरणपत्रमा ती अभियोगमाथि चित्त बुझ्दो स्पष्टीकरण तीन दिनभित्र पेश गर्न भनिएको छ ।

नेता नेपाल पक्षले यही चैत्र ४ र ५ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो । समानान्तर गतिविधि थालेको उक्त पक्षले महिला संघ र युवा संघको पनि नयाँ नेतृत्व चयन गरेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo