KhabarUjyalo

ओलीका प्रेस सल्लाहकार थापाको भने- प्रचण्ड डिप्रेशनले ग्रस्तका कारण मनोदशा प्रकट

९ चैत्र २०७७, सोमबार
ओलीका प्रेस सल्लाहकार थापाको भने- प्रचण्ड डिप्रेशनले ग्रस्तका कारण मनोदशा प्रकट

काठमाडौ : केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड डिप्रेशनमा फसेको आरोप लगाएका छन् । सोमबार बिहान सामाजिक संजालमा लेखेका छन् –

‘एउटा भनाइ चर्चित छ,
रिसाएको बिरालोले खाबाे चिथाेर्छ !
पुष्पकमल दाहालकाे मनाेदशा क्रमशः बिथाेलिएर पूर्वाग्रह र द्वेषकाे दलदलमा यसरी भासिएकाे छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तैयस्तै मनाेदशा प्रकट हुने गर्छ !
धेरै पहिले एकजना मनाेविद्ले भनेकाे सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र निराशाकाे सिकार बन्दै जान्छन् र समयक्रममा आत्महत्या गर्न समेत पछि पर्दैनन् । प्रचण्डलाई संभवत: यही प्रकारकाे समस्याले ग्रस्त पारिरहेकाे छ कि !
विगतमा दस बर्ष सशस्त्र आन्दोलन गरेर १७ हजार नागरिककाे जीवनलीला समाप्त गर्दा, नेपालका भाैतिक पूर्वाधारमा बम ब्लास्ट र आगजनी गरी बिध्वंस पारेर देशलाई ५० बर्ष पछाडि धकेल्ने कृत्य गर्दा, अनि हिंसा मच्चाउँदा उहाँलाई कसले पालित पाेषित गरेर कहाँकाे पावनभूमिमा सुरक्षित गरेकाे थियाे ? नाेयडा, दिल्ली, सिलिगुडी, लखनउ, पटना, पञ्चाय, गाेरखपुरआदि ठाउँ कहाँ पर्छन्, जहाँ उहाँले नेपालका विभिन्न नेताहरूलाई भेट्न बाेलाउने गर्नुभएको थियाे ? र, १२ बुँदे समझदारी कहाँ भएको थियाे ?
उहाँले कसकाे सुरक्षा र ज्वाइँ सत्कारमा त्यहाँ जिविकाेपार्जन गर्नुभएकाे थियाे ? नेपालका विद्राेही नेता कहाँ र कसकाे पाेल्टामा पालितपाेषित र सुरक्षित थियाे ९.५ बर्षसम्म ? कहाँ कस्ताे कायलनामा कागज गरेर त्यस्ताे सुविधा, सत्कार र सुरक्षा प्राप्त भएको थियाे महाशयलाई ?
आज धेरै बकबक नगरेर ऐनामा आफ्नाे अनुहार हेर्दा र राष्ट्रविरूद्द गरेका तमाम अपराधमा पश्चाताप गर्दा बरू मानसिक शान्ति मिल्थ्याे हाेला कि ?
आज जनताले कसरी लिने गरेका छन् ? तपाईंको केपी शर्मा ओलीसँग तुलना हुने त कुनै पक्ष त छ ? राम्रोसँग हेक्का राखेर लज्जाबाेध गर्नु श्रेयस्कर हाेला !
तथ्यहीन र दुराशयपूर्ण आराेप र गालीगलाेज त कसैले सुन्दैन, पत्याउँदैन र विश्वास पनि गर्दैन ।’

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo