२१ मंसिर २०७९, बुधबार

कांग्रेसका नेता खतिवडा : बिरामीलाई हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंमा उपचार गराउदै

७ चैत्र २०७७, शनिबार
कांग्रेसका नेता खतिवडा : बिरामीलाई हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंमा उपचार गराउदै

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले गाउँका बिरामीलाई उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याएका छन् ।

ओखलढुंगा जिल्लाको चम्पादेवी–६ का गोविन्द न्यौपाने बिरामी भएर उपचार नपाइरहेको बेला नेता खतिवडाले हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याएका हुन् ।

न्यौपानेलाई काठमाडौंको वीर अस्पतालमा भर्ना गरेर उपचार भइरहेको नेता खतिवडाले जानकारी दिए । 

नेता खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज एउटा  मन्दिरको उद्घाटन गर्न ओखलढुंगा गएको थिएँ । चम्पादेवी–६ का गोविन्द न्यौपाने बिमारी  हुनुहुँदो रहेछ । उपचार गर्न काठमाडौं आउनुपर्ने, मलाई अस्पताल लगिदिन आग्रह गर्नुभयो, हेलिकप्टरमा ल्याएर वीर अस्पतालमा उपचार गर्न पठाएको छु । जय नेपाल ! जय होस् ।’

मनकारी नेताको छवि बनाएका नेता खतिवडाले यसअघि समेत समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्दै आएका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo