KhabarUjyalo

श्रीमतीको उपचार गराउन सेती अस्पतालमा कुरुवा बसेका भट्ट अस्पतालमै मृत्यु

७ चैत्र २०७७, शनिबार
श्रीमतीको उपचार गराउन सेती अस्पतालमा कुरुवा बसेका भट्ट अस्पतालमै मृत्यु

धनगढी ।  कुरुवा बसेका एक पुरुषको कैलालीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ। अस्पतालमा श्रीमतीको उपचार गराउन आएका दार्चुलाको लेकम गाउँपालिका–२ का ४८ वर्षीय भानदेव भट्टको शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार  खाजा खान भनी निस्किएका उनी अस्पतालबाहिर बेहोश भएर ढलेको र उपचारका लागि अस्पताल लग्दा उनको मृत्यु भएको जनाएको छ।  अहिले उनको शव अस्पतालमै राखिएको छ। 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo