धनगढी : आगलागी भएको आलोक मल्टि कन्सर्न प्रालिलाई कैलाली उद्योग बाणिज्य संघको पहलमा संकलन भएको रकम सहयोग हस्तान्तरण गरिएको छ।
कैलाली उद्योग वाणिज्य संघले थालेको अभियानबाट सहयोग संकलन भएको ११ लाख ६८ हजार ७ सय ५५ रुपैयाँ आलोक मल्टि कन्सर्न प्रालिलाई शुक्रबार विहान हस्तान्तरण गरिएको हो।
भोजराज भट्ट र पदम भण्डारीले सञ्चालनको तयारी गरेको आलोक मल्टी ट्रेड कन्सर्नमा फागुन २३ गते आगलागी भएको थियो।
आगलागीबाट करोडौं क्षति भएको उद्योग पुनः सञ्चालनका लागि सहयोग होस भनेर अभियान सञ्चालन गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए।
आगलागी भएको उत्त उद्योगलाई आर्थिक सहयोग संघ संस्था र जनस्तरबाटै सहयोग दिर्दै आएका छन् ।