KhabarUjyalo

‘द भोईस अफ नेपाल सिजन ३’आजबाट, तारा कुन टिमलाई छ्नोट गर्छिन् होला ?

६ चैत्र २०७७, शुक्रबार
‘द भोईस अफ नेपाल सिजन ३’आजबाट, तारा कुन टिमलाई छ्नोट गर्छिन् होला ?

धनगढी : गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ को प्रसारण आजबाट सुरु हुँदैछ । हरेक शुक्रबार र शनिबार राति ८ बजे शोको प्रसारण हिमालय टिभीमा हुनेछ ।
‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेल रहेका छन् । यो पटक तृष्णा गुरुङलाई दर्शकले नयाँ कोचका रुपमा देख्ने छन् । आस्था राउतको ठाउँमा गुरुङ प्रवेश गरेकी हुन् । अन्य तीन कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन् ।

यसैबिच सिजन ३ को प्रोमो केही दिनअघि मात्रै सार्वजनिक भएको छ ।जसमा प्रोमो हेर्दा ‘तारा’ नाम गरेकी प्रतियोगीले ब्लाईण्ड अडिसनमा चारै जना निर्णायक कोचको मन जित्न सफल भएकी छिन् । तर उनलाई आफ्नो टिममा पार्नका लागि चारै जना कोचहरुको घम्साघम्सी परेपछि उनी कुन टिममा जाने भनेर निर्णय गर्ननसक्ने स्थितिमा पुगेको देखिएकी छिन् ।
तारालाई आफ्नो टिममा पार्नका लागि कोच तृष्णा गुरुङ मञ्चमै पुगेकी छिन् । कोचहरु प्रमोद खरेल र राजु लामाले तारालाई आफ्नो टिममा पार्न कुनै कसर बाँकी राखेका छैनन् । उनीहरुको साँगितिक जुहारी हेर्न लागयकको देखिन्छ । यता कोच दिप पनि तारालाई आफुतर्फ पार्न मौका कुरेर बसेका छन् ।

सिजन ३ को डिजिटल अडिसनमा विभिन्न देशहरुबाट झण्डै ४० हजारभन्दा बढी प्रतियोगीहरुले सहभागिता जनाएका थिए । डिजिटल अडिसनमा सहभागी प्रतिभाहरुको थप परीक्षण र छनौटपछि जम्मा १ सय २० जना प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा सहभागी हुने मौका पाएका थिए । सिजन ३ मा हरेक कोचको टीममा छानिएका १२ जना प्रतिभाहरुले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । झण्डै एक महिनासम्म चलेको अडिसनमा नेपालसहित विभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरुले पनि उत्साहजनक सहभागीता जनाएका छन् । अडिसनमा भारत, थाइल्याण्ड, बर्मा, अष्ट्रेलिया र अमेरिकामा बसोबास गरिरहेका नेपालीमूलका प्रतिभाहरुले पनि सहभागिता जनाएका थिए ।

https://youtu.be/Tj3vmDigSlI

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo