KhabarUjyalo

होटलमा मृत भेटिएकी महिलाका आफ्न्तले आत्महत्या नभई हत्या गरेको भन्दै आन्दोलित

५ चैत्र २०७७, बिहीबार
होटलमा मृत भेटिएकी  महिलाका आफ्न्तले आत्महत्या नभई हत्या गरेको भन्दै आन्दोलित

धनगढी : धनगढीमा सोराई होटलमा श्रीमानसँगै सुतेकी महिला मृत भेटिएकी  महिलाका आफ्न्तहरुले आत्महत्या नभई हत्या गरेको भन्दै आन्दोलित भएका छन् ।


कञ्चनपुरको बेल्डाँडी गाउँपालिका घर भएर हाल भारतको पन्जाबमा बस्दै आएकी कमला रोकायाको बिहिवार धनगढीको सोराइ होटलमा मृत अवस्थामा फेला परेकी थिईन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

दुवै जनाबीच विगतदेखि नै सम्बन्ध राम्रो नभएको र श्रीमानले नै हत्या गरेको माइती पक्षले दाबी गरेका छन्।

मृतकका १ छोरा र १ छोरी छन्। 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo