एजेन्सी : पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले गोडामा प्लास्टर लगाएर ह्वीलचेयरसहित चुनावी सभामा सहभागी हुँदै छन् । ह्वीलचेयरमा बसी भाषण गर्दै उनले भारतीय जनता पार्टीको कठोर आलोचना गरेकी छन् ।
बुधवार उनले झारग्राम जिल्लामा रहेको गोपीवल्लभपुरमा रहेको भेलालाई सम्बोधन गर्दै उनले भनिन्, ‘भाजपा दुःशासनहरू उत्पादन गर्ने सबभन्दा ठूलो कारखाना हो । उनीहरूले देशलाई ध्वस्त पारे ।’
दुःशासन महाभारतका खलपात्र हुन् । भाजपाले ममतामाथि प्रत्याक्रमण गर्दै उनको हार निश्चित रहेको बताएको छ ।
बंगालमा भाजपा पराजित हुने र पूरै देशको नजर बंगालमा रहेको उनले बताइन् । पश्चिम बंगाल विधानसभा निर्वाचन मार्च २७ बाट शुरू हुनेछ र आठवटा चरणमा सम्पन्न हुनेछ ।