२३ मंसिर २०७९, शुक्रबार

एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

४ चैत्र २०७७, बुधबार
एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार बसेको कर्णाली प्रदेश एमाले संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमालेका प्रदेश इन्चार्ज यामलाल कँडेलसहित १० जना सहभागी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बैठकले एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई फिर्ता बोलाउने, दलको नेताको जिम्मेवारी यामलाल कँडेललाई दिने र अनुपस्थित संसदलाई स्पष्टीकरण माग गर्ने निर्णयसमेत गरेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo