धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–३ फाप्ला खेल मैदान नजिकै १८ वर्षीय युवकको रुखमा झुण्डीएको अवस्थामा शव फेला परेको छ ।
युवकको शव रुखमा झुण्डीएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी टोलि घटनास्थल पुगेको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ। युवकको पहिचान खुल्न बाकी रहेको छ ।