Khabar Ujyalo

‘साइबर स्यालहरू अझै पनि ज्युँदै रहेछन्’ : माधब नेपाल

४ चैत्र २०७७, बुधबार
‘साइबर स्यालहरू अझै पनि ज्युँदै रहेछन्’ : माधब नेपाल

काठमाडौ : नेकपा एमालेका नेता माधव नेपालले आफूहरूले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला स्थगित भयो भनेर ‘फेक’ सूचना जारीसमेत गरेकोमा आपत्ति जनाएका छन्।

‘योगेश भट्टराईको नक्कली हस्ताक्षरसहित टाँसेर फेक सूचना सम्प्रेषण गरिरहेका थिए,’ ललितपुरमा भएको कार्यकर्ता भेलामा उनले भने, ‘४ र ५ गतेको भेला स्थगित गरिएको छ भनेका थिए। म आफैँ पनि हेरेँ के पो आएछ? सही फोटोकपी गरेर टाँसेर सम्प्रेषण गरिएको रहेछ।’

उनले अहिले पनि साइबर स्यालहरू ज्युँदै रहेको बताए। ‘साइबर स्यालहरू अझै पनि ज्युँदै रहेछन्। यो साइबर स्यालहरू अझै पनि बाँचिरहेका रहेछन्। नेकपा हुँदा थिए एमाले हुँदा हराए भनेको त अझै रहेछन्। साइबर स्यालदेखि होसियार, गलत सूचना सम्प्रेषण गर्नेछन्।’

उनले भ्रमपूर्ण समाचार तथा पोस्टमा नपर्न आग्रह गरे।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.