KhabarUjyalo

सूर्य थापाले भने- माधव पक्षको राष्ट्रिय कार्यकर्ता भेलालाई ‘चैतको गाईजात्रा’

४ चैत्र २०७७, बुधबार
सूर्य थापाले भने- माधव पक्षको राष्ट्रिय कार्यकर्ता भेलालाई ‘चैतको गाईजात्रा’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमालेको माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलालाई चैतको गाईजात्रा भएको बताएका छन् ।

एक टेलिभिजनमा अन्तर्वार्ता दिदै प्रेस सल्लाहकार सूर्य थापाले माधव पक्षको राष्ट्रिय भेलालाई चैत गाईजात्रा भएको टिप्पणी गरेका हुन।
यस्तै उनले भट्टराईको अभिव्यक्तिप्रति लक्षित गर्दै भने,”धेरै हुँकार र सिंगौरीको केही अर्थ हुन्न । पार्टी पार्टीको मर्यादाअनुसार चल्नुपर्छ । विधान परिपाटीअनुसार चल्नुपर्छ । छुट्टिन खोजेको, कहीँ जान खोजेको, गन्तव्य तय गरिएको, बाटो तय गरिएको, रेलको टिकट काटिएको हो भने चढे हुन्छ ।”
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेका निर्णयविरुद्ध नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आज र भोलि ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गर्दै छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo