हातको थप्पड तनमा लाग्छ
शब्दको थप्पड मनमा लाग्छ।।
आगोको रापले, वनमा पोल्छ
बचनको तापले, मनमा पोल्छ।।
बिग्रने बोली,रिलमा हुन्छ
गुञ्जिने, बोली दिलमा हुन्छ।।
कुकुर पालेर, घिउ पाइदैन
आगो बालेर ,हिउँ पाइदैन।।
भरेको भाँडो, रितो हुन्छ
अक्सर औषधि तीतो हुन्छ।।
भोकले मार्दैन, शोकले गलाउँछ
जोसुकै वीर होस,रोगले ढलाउँछ।।
उसिनेर खाउ या ,पोलेर खाउ
काटेर खाउ या, घोलेर खाउ,
नबोली खाउ या, बोलेर खाउ
खोकेर खाउ या, ढोकेर खाउ
जोखेर खाउ या ,पोखेर खाउ
चुसेर खाउ या, टोकेर खाउ
भुकेर खाउ या,ढुकेर खाउ
झुकेर खाउ या, फुकेर खाउ
जहर कसैगरी पीयूष हुदैन।।
गोदाम घर पनि एकदिन, खाली हुन्छ
मुहान सुके नहर ,पनि नाली हुन्छ।।
परिस्थितिले हो साहेव!मान्छे बदलिने
युधिष्ठिर पनि, एकछिन जाली हुन्छ।।
इतिहासका पानामा
हावा नभएको भकुण्डोमा दम हुन्न
बारुद पनि एक्लै, हिडेर बम हुन्न
पन्चर भएको जिन्दगी र, टायरले धोका दिन्छ
गोली नभरिएको, फायरले धोका दिन्छ
बहादुर बरु आफै मर्छ,कायरले धोका दिन्छ
जिन्दगी न हो साहेव! कहिले सायरले धोका दिन्छ।।
उत्पात र उन्माद आत्मघात नबनोस
संवाद र विवाद बर्बाद नबनोस,
धोखेबाज ठिक छ,जल्लाद नबनोस।।
पेट अघाउन मेट हुनु ठिकै हो
कसैको सस्तो रेट हुनु ठिकै हो
तर जिन्दगी
नक्कली र कमरेट नबनोस
चरीलाई रुवाएर अ्म्लेट नबनोस।।
——-शुभरात्री——–
साहित्यकार धर्मराज जोशी,धनगढी