धनगढी :सुदूरपश्चिम प्रदेशसभा सदस्य पुर्णा जोशीले जन्मदिनको अवसरमा धनगढीमा रहेको मानव सेवा आश्रमलाई भोजन सेवा गरेकी छन् ।
जन्मदिनको अवसरमा आश्रममा आस्रितहरुलाई भोजन सेवा गरेकी हुन।
आश्रममा पुगेर प्रदेश सभा सदस्य जोशीले जन्मदिनको अवसरमा भोजन सेवा लागि ६ हजार ६ सय ५ रुपैंया सहयोग गरेको र सहयोग गर्न पाउदा खुसी ब्यक्त गरेको आश्रमले जनाएको छ। अहिले मानव सेवा आश्रममा ५८ जना आस्रित रहेका छन् ।
यस्तै धनगढी जेसीजका पूर्वअध्यक्ष टेकराज पनेरुले पनि आफ्नो जन्मदिनको अवसरमा आश्रमलाई ५ हजार ५ सय सहयोग गरेका छन्