धनगढी : लायन्स क्लब अफ धनगढी समृद्धिद्धारा आगलागी भएको आलोक मल्टि कन्सर्न प्रा.लिलाई आर्थिक सहयोग गरेको छ ।
आइतबार लायन्स क्लब अफ धनगढी समृद्धिद्धारा आगलागी भएको आलोक मल्टि कन्सर्न प्रा.लिलाई नगद २५ हजार रुपैया सहयोग गरेको अध्यक्ष गोमा अधिकारीले जानकारी दिईन ।
उद्घाटन अगावै धनगढी चटकपुरस्थीत आलोक मल्टि कन्सर्न प्रा लिमा भीषण आगलागीले ठुलो क्षति भएको थियो । पुनः उद्योग सञ्चालनका लागि आलोक मल्टी कन्सर्नलाई जनस्तरबाटै आर्थिक सहयोग गर्दै आएका छन् ।