१८ असार २०७९, शनिबार

वेपत्ता भएका बालकको १८ दिनपछि गाडिएको अवस्थामा शव फेला, हत्या गरिएको परिवारको आशंका

२८ फाल्गुन २०७७, शुक्रबार
[Sassy_Social_Share]
वेपत्ता भएका बालकको १८ दिनपछि गाडिएको अवस्थामा शव फेला, हत्या गरिएको परिवारको आशंका

बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित खेतमा गाडिएको अवस्थामा बालकको शव फेला परेको छ । गाउँमै आएको जन्तीमा भोज खान गएका–२३ भलुही बाराना निवासी जाकिर हुसेनका १४ वर्षीय छोरा साहिद हुसेन मियाँ मन्सुरी फागुन ११ गते रातिको करीब ११ बजेको समयबाट हराएका थिए ।

हराएको १८ दिनपछि शुक्रबार दिउँसो जन्ती आएको घरदेखि करीब २ किलोमिटर पूर्वपटिट् खेतमा एउटा उद्योग नजिकै कालो थुप्रोमा एउटा खुट्टा पुरिएको र एउटा खुट्टा बाहिर भएको शव सडेको अवस्थामा फेला परेको हो ।

विहान गाउँकै महिलाले शव देखेपछि प्रहरीलाई जानकारी गराइएको थियो । प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर हेर्दा शव सडिसकेको कारण प्रादेशिक प्रहरी कार्यालय बर्दिवासको डग शाखाबाट तालिम प्राप्त कुकुर झिकाइएको थियो ।

अनुसन्धान गर्दै जाँदा कुकुरले पनि केही पत्ता लगाउन नसकेपछि प्रहरीले प्रहरीले शवको प्रकृति हेरेर घटनास्थलमा जाँच मुचुल्का तयार गरेर थप अनुसन्धान गर्दै जाँदा परिवारको सदस्यले बालकले लगाएको कपडाबाट शवको पहिचान गरेको थियो ।

बालकका बुवा जाकिर हुसेनले आफ्नो छोराको शव रहेको पुष्टि गरेका थिए । भोज खान आफूसँगै छोरालाई लिएर गएकोमा छोराले खाना खानमा ढिलो गरेपछि त्यही छोडेर घर फर्किएको तर, छोरा घर फर्केर नआएपछि आफूहरु खोजी कार्यमा लागेको बताए ।

हालसम्म नभेटिएको छोरा एकैपटक मृत अवस्थामा फेला परेको मृतकका बुवा जाकिर हुसेनले जानकारी दिए । परवानीपुरस्थित ज्ञानसागर एकेडेमी स्कुलमा कक्षा ७ मा अध्ययन गर्दै आएका छोराको डाक्टर बन्ने इच्छा थियो तर त्यो अधुरै रह्यो, भन्दै छोराको कोही साथीसँग झैझडा समेत नरहेको उनले बताए ।

आफूहरुको गाउँको कोही मानिसँग पनि रिसिबी नरहेको तर शव भेटिएको अवस्थालाई मध्यनजर गर्ने हो भने गाउँकै कुनै व्यक्तिले हत्या गरेको हुनसक्ने आशँका रहेको उनको भनाइ छ । त्यसैगरि जितपुर सिमरा उपमहानगरपालिका–२३ का वडाध्यक्ष अस्लम देवानले जन्तीबाट वेपत्ता भएका बालक एक्कासि १८ दिनपछि मृत अवस्थामा फेला परेको बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo