१७ असार २०७९, शुक्रबार

माधव नेपाल पक्षको आकस्मिक स्थायी कमिटीको बैठक सुरु

२८ फाल्गुन २०७७, शुक्रबार
[Sassy_Social_Share]
माधव नेपाल पक्षको आकस्मिक स्थायी कमिटीको बैठक सुरु

काठमाडौं, २८ फागुन् । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज अपरान्ह एक पक्षीय ढंगले निर्णय गरेर आफूसहित नेताहरुको जिम्मेवारी खोसेपछि नेता नेपालले आफू पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएका हुन् । बैठक नयाँ बानेश्वरस्थित् अर्याल होटलमा सुरु भएको छ ।

यसअघि आजै बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले नेता नेपाललाई विदेश विभाग प्रमुखबाट हटाएको थियो । त्यस्तै, माओवादी केन्द्रबाट आएका २३ जना नेतालाइ केन्द्रीय कमिटीमा मनोनित गरेका थिए । र, विभिन्न प्रदेशका ईन्चार्जबाट माधव नेपाल पक्षधर नेताहरुलाई जिम्मेवारीबाट हटाएका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo