काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले काँग्रेसले सरकारको नेतृत्व गरेर प्रधानमन्त्री ओलीले संविधानमा पारेको भ्वाङलाई टाल्ने र देशलाई निर्वाचनमा लगेर नयाँ जनादेशबाट पाँच वर्षका लागि आउनुपर्ने बताए ।
उनले भने, ‘सम्भव हुन्छ, सकिन्छ भने यही पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर पठाउनुपर्ने छ र नेपाली काँग्रेसको नेतृत्वमा अहिले सकिन्छ भने हामीले सरकार बनाएर, हामीले छ, आठ महिना, एक वर्ष चलाएर निर्वाचनमा जानुपर्छ । प्रधानमन्त्री ओलीले हाम्रो संविधानमा, व्यवस्थामा भ्वाङ पार्नुभएको छ ।’