
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको भन्दै यसलाई सुधार गर्ने बताएका छन् ।
‘नयाँ मान्छे खोज्छौं भन्दा पुराना साथीहरु छुटेको पक्कै हो’ नमुना स्वास्थ्यकर्मी संघ नेपालले गरेको कार्यक्रममा उनले भने, ‘अब चाहिँ त्यसलाई उल्ट्याएर सच्याउने प्रतिवद्धता मैले आफैंले गरेको छु ।’
उनले एक पटक फेरि कोर्स करेक्सन गरेर प्रतिक्रियावाद विरुद्ध लड्ने आफूले संकल्प गरेको बताए ।

प्रचण्डले आफू फेरि एक पटक आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर क्रान्ति गर्ने पक्षमा रहेको पनि बताए । आन्दोलनका उपलब्धीमाथि देशभित्र र बाहिरबाट ठूलै षड्यन्त्र भइरहेको भन्दै प्रचण्डले त्यसलाई परास्त गर्न लडाईं लड्ने बताएका हुन् ।
