२२ असार २०७९, बुधबार

‘प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुप-याे रे ? वाहियात !’ : सुर्य थापा

२६ फाल्गुन २०७७, बुधबार
[Sassy_Social_Share]
‘प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुप-याे रे ? वाहियात !’ : सुर्य थापा

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने भनेर माग उठेको विषयमा कडा टिप्पणी गरेका छन् । प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुरा वाहियता र बकवासमात्रै भएको उनको भनाई छ । सामाजिक सञ्जाल फेसबुकमा थापाले प्रधानमन्त्री ओलीले किमार्थ राजीनामा नदिने दाबी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्-“प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुप-याे रे ? वाहियात ! याे बकवास मात्र हाे, उहाँले राजीनामा किमार्थ दिनुहुन्न ।  प्रचण्डकाे गृहकार्य बाेकी नेकपा(एमाले)मा बसेर यस्ताे काेसिश गर्न नखाेज्नु नै श्रेयस्कर हुन्छ । सके पाँच बर्ष सरकार चलाउन उहाँकाे सहयाेगी बन्नु, नसके यस्ताे निर्देशित छट्टु चालबाजीपूर्ण कुरा नगर्नु नै उचित हुन्छ !  राजीनामाको बेमाैसमी बाँसुरी धेरै बजाउन खाेज्दा के हविगत भयाे र हुँदै जान्छ ? सबैले समयमै स्पष्ट रूपमा बुझ्नु बरू बुद्धिमत्तापूर्ण हुन्छ ।”

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo