Khabar Ujyalo

ओलि बादललाई एमालेको उपाध्यक्ष बनाउने तयारीमा

२६ फाल्गुन २०७७, बुधबार
ओलि बादललाई एमालेको उपाध्यक्ष बनाउने तयारीमा


काठमाडौं :
 नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष लागेका गृहमन्त्री रामबहादुर थापा बादललाई उपाध्यक्ष बनाउने तयारी भएको छ। 

प्रचण्डलाई छाडेर माओवादीका बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, अध्यक्ष प्रभु साह, दावा तामाङलगायत नेता ओली खेमामा लागेका थिए।  

सर्वोच्च अदालतले साविककाे पार्टी कायम गरिदिएपछि अध्यक्ष प्रचण्डसँग रहेका एमाले नेताहरु फर्किसकेका छन्। तर, माओवादी नेताहरु एमालेमै रहने भएका छन्। प्रधानमन्त्री ओलीले माओवादी नेताहरुलाई एमालेमै राख्न तल्लो तहसम्म समायोजनका लागि २० प्रतिशत हिस्सा दिने तयारी भएको बुझिएको छ। 

प्रचण्डलाई छाडेर ओलीतिर लागेका ऊर्जामन्त्री रायमाझीले गृहमन्त्री बादललाई उपाध्यक्ष बनाउने बिषयमा छलफल भएको बताए।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.