Khabar Ujyalo

भारतीय पत्रकारले सोधेको प्रश्नमा पूर्वराजाको जवाफ,‘आई डन्ट नो हिन्दी।’

२५ फाल्गुन २०७७, मंगलवार
भारतीय पत्रकारले सोधेको प्रश्नमा पूर्वराजाको जवाफ,‘आई डन्ट नो हिन्दी।’

काठमाडौं– भारतका विभिन्न स्थानको भ्रमण रहेका पुर्व राजा ज्ञानेन्द्रले भारतीय पत्रकारलाई आफुले हिन्दी नबुझ्ने जबाफ दिएका छन् । पश्चिम बंगाल पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय पत्रकारले हिन्दिमा प्रश्न गर्दा हात हल्लाउँदै आफूले हिन्दी भाषा नबुझ्ने जवाफ फर्काएका हुन ।

पत्नी तथा पूर्वरानी कोमल शाहसहित एउटा सपिङ मलमा पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका पत्रकारले सोध्छन्,‘हिज एक्सीलेन्सी इस बार आपका भारत भ्रमणका मक्सद क्या है?’

कानतिर हातले इशारा गरेका पूर्वराजा भन्छन्,‘आई डन्ट नो हिन्दी।’ त्यसपछि पत्रकारले नेपालीमा नै सोध्छन्,‘तपाईको यस पटकको भारत भ्रमणको उद्देश्य के छ?’

नेपालीमा प्रश्न गरेपछि पूर्वराजा ज्ञानेन्द्रले जवाफ फर्काउँछन्,‘त्यस्तो खास लक्ष्य केही छैन।’

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.