KhabarUjyalo

अनलाइन नविकरणको म्याद चैत मसान्तसम्मका लागि थप

२५ फाल्गुन २०७७, मंगलवार
अनलाइन नविकरणको म्याद चैत मसान्तसम्मका लागि थप

काठमाडौँ, फागुन २५ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन नविकरणको म्याद २०७८ चैत मसान्तसम्मका लागि थप गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार, पुस मसान्तमा नवीकरण म्याद समाप्त भएको भए पनि २०७८ जेठ मसान्तसम्मका लागि समय थप गरिएको हो । मन्त्रालयले अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ को दफा ५ बमोजिम दर्ता भएका अनलाइन सञ्चार माध्यम प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले छ महिना अर्थात् पुस महिनाभित्र नविकरण गर्नुपर्ने व्यवस्था छ । सोही निर्देशिकाको दफा ६ को उपदफा ९१० बमोजिम खण्ड ६७, सङ्ख्या ६१ मिति २०७४ चैत १४ को नेपाल राजपत्र भाग ५ मा सूचना प्रकाशन गरेकोमा सो सूचनाको खण्ड (ख) बमोजिम २०७७ पुस मसान्तसम्म नविकरण नभएका अनलाइन सञ्चार माध्यमलाई २०७८ जेठ मसान्तसम्म नविकरणको म्याद थप गरिएको हो ।
अनलाइन नविकरणको म्याद थपलगायत विषयलाई लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङसंग नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले माग राखेको थियो । मन्त्रालयको सो निर्णयबाट देशैभरीका अनलाइन सञ्चालक तथा पत्रकारलाई राहत पुगेको नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सभापति शन्तराम विडारीले बताउनुभयो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo