Khabar Ujyalo

भागरथी हत्याका अभियुक्त दिनेशलाई बाल सुधारगृहमा पठाउन अदालतको आदेश

२५ फाल्गुन २०७७, मंगलवार
भागरथी हत्याका अभियुक्त दिनेशलाई बाल सुधारगृहमा पठाउन अदालतको आदेश

बैतडी : बैतडीकी १७ वर्षीया बालिका भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोर दिनेश भट्टलाई बाल सुधार गृहमा पठाउन आदेश दिइएको छ।

जिल्ला अदालत बैतडीले मंगलबार दिनेश भट्ट नाम गरेका ती किशोरलाई १८ वर्ष नपुगेको भन्दै बाल सुधारगृहमा राख्‍न आदेश दिएको हो । अदालतको आदेशपछि प्रहरीले भट्टलाई पुर्पक्षका लागि बाल सुधारगृहमा पठाइएको जनाएको छ ।

जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले मंगलबार थुनछेक बहस सुनिसकेपछि डोटीस्थित बाल सुधारगृहमा पठाउन आदेश दिएको हो ।

दोगडाकेदार–३ स्थित सनातन धर्म माविमा १२ कक्षामा पढिरहेकी भागरथीको शव फागुन २१ गते खोचलेक–चडेपानी ग्रामीण सडक खण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल वनमाराको झाडीमा फेला परेको थियो ।

उनको शव फेला परेपछि अनुसन्धान सुरु गरिएको र अनुसन्धानका क्रममा दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि सोधपुछका क्रममा उनले हत्या गरेको स्वीकार गरेका थिए ।तर, भागरथीको पोस्टमार्टम रिपोर्टमा भने बलात्कारपछि हत्या भएको जनाइएको थियो ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.