KhabarUjyalo

ओलीको रावललाई जवाफ, ‘प्रधानमन्त्री कुन पार्टीको हो सर्वोच्चलाई सोध्नुस्’

२४ फाल्गुन २०७७, सोमबार
ओलीको रावललाई जवाफ, ‘प्रधानमन्त्री कुन पार्टीको हो सर्वोच्चलाई सोध्नुस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहका नेता डा. भीम रावललाई जवाफ दिएका छन् । नेता रावलले आइतबार पुर्नस्थापित प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री कुन पार्टीको हो ? भनेर सोधेका थिए । उनले रावलको नाम नदिइ आज त्यसको जवाफ फर्काएका हुन् ।

एक सय ११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रधानमन्त्री ओलीले संसद्मा आफूलाई कुन प्रधानमन्त्री भएको भन्ने प्रश्नको जवाफ दिँदै सवोच्च अदालतलाई गएर सोध्न आग्रह गरे ।

‘यदि मैले उहाँलाई कुन पार्टीको हो भनेर सोधेँ भने ?’, उनले भने ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo