Khabar Ujyalo

प्रधानमन्त्री ओलीलाई भेट्न विप्लव बालुवाटारमा

२१ फाल्गुन २०७७, शुक्रबार
प्रधानमन्त्री ओलीलाई भेट्न विप्लव बालुवाटारमा

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

शुक्रबार बिहान नवलपरासीबाट काठमाडौँ आएका विप्लव सोझै बालुवाटार प्रवेश गरेका हुन्। विप्लवसँगै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि बालुवाटार प्रवेश गरेका छन्।

विप्लव बा १३ च ३१३४ नम्बरको गाडी चढेर बालुवाटार प्रवेश गरेका हुन्। महासचिव विप्लव र प्रधानमन्त्री ओलीबीच भावी राजनीतिक रणनीतिबारे छलफल हुने श्रोतले बतायो।

सरकार र विप्लव समूहबीच बिहीबार मात्रै तीन बुँदे सहमतिमार्फत शान्ति वार्ता सफल भएको घोषणा गरिएको थियो।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.