१८ असार २०७९, शनिबार

कमेडी च्याम्पियन सिजन–२ आजबाट सुरु

२१ फाल्गुन २०७७, शुक्रबार
[Sassy_Social_Share]
कमेडी च्याम्पियन सिजन–२ आजबाट सुरु

काठमाडौ : स्ट्यान्डअप कमेडी सो कमेडी च्याम्पियन सिजन– २ को आजबाट सुरु हुँदै छ । पहिलो सिजन आर्थिक अभावका कारण धेरै कुराहरु गर्न नसकिएको भन्दै कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी यो सिजन गत वर्षकोभन्दा भव्य हुने बताए ।

यो वर्ष आर्थिक अभाव झेल्नु नपर्ने भन्दै उनले कन्टेन्टमा केन्द्रित हुने बताएका छन् । 

कमेडी च्याम्पियन–२ का लागि ६ हजार १८० डिजिटल अडिसन प्राप्त भएको आयोजकले जनाएको छ । काठमाडौं बोलाएर फिजिकल अडिसन गरेर आयोजकले उत्कृष्ट २४ प्रतियोगी छनोट गरिसकेको छ । 

सो कान्तिपुर टेलिभिजन र कान्तिपुर एफएमबाट एकसाथ प्रशारण हुने छ भने ओएरआर डिजिटलबाट पनि सोही समय लाइभ हुने निर्देशक भण्डारीले बताए ।

‘थ्रि प्रोडक्सन’को निर्माण कमेडी च्याम्पियनको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् । कार्यक्रमको होस्ट रीमा विश्वकर्माले नै गर्ने छिन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo