Khabar Ujyalo

काङ्ग्रेसमा आबद्ध दुई युवाले मिलेर धनगढीमा खोले सेकुवा क्याफे

१४ फाल्गुन २०७७, शुक्रबार
काङ्ग्रेसमा आबद्ध दुई युवाले मिलेर धनगढीमा खोले सेकुवा क्याफे

धनगढी : धनगढीमा काङ्ग्रेसमा सक्रिय राजनीति गर्ने दुई युवा मिलेर उग्रतारा सेकुवा क्याफे संचालनमा ल्याएका छन् । नेपाल विद्यार्थी संघ डडेल्धुराका सचिव करन सिंह ठकुराठी र नेपाल तरुण दलका क्षेत्रीय सदस्य बिरेन्द्र मल्लले उत्त सेकुवा क्याफे सन्चालनमा ल्याएका हुन ।

शुक्रवार प्रदेश सभा सदस्य तथा डडेल्धुरा जिल्ला सभापति कर्ण बहादुर मल्लले रिबन काटेर उत्त क्याफे उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा ठकुराठी हार्डवेयर तथा पाठक हार्डवेयरका कार्यकारी निर्देशक अर्जुन ठकुराठी,साझा बिबेकशिल पार्टि सुदूरपश्चिम प्रदेश सदस्य तथा उद्योग बाणिज्य संघ कैलालीका सचिव सिद्धराज पनेरु,सुदूरपश्चिम हार्डवेयरका सन्चालक मनोज पाण्डे,डडेल्धुराका अमरगढी नगर सभापति दान बहादुर पाली,हरिश ठकुराठी लगायत सहभागी रहेका थिए ।

राजनैतिक सङ्गसङ्गै ब्यवसायीलाई अगाडि बढाउने सोच बनाएर ४५ लाख लगानीमा सेकुवा क्याफे संचालनमा ल्याएको सन्चालक करन सिंह ठकुराठी बताए ।

उनिहरु द्वय पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाका सचिवालय सदस्य समेत रहेका थिए ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.