१७ असार २०७९, शुक्रबार

सैनिक ‘कू’ विरुद्धको प्रदर्शनमा दुई समूहबीच झडप

१४ फाल्गुन २०७७, शुक्रबार
[Sassy_Social_Share]
सैनिक ‘कू’ विरुद्धको प्रदर्शनमा दुई समूहबीच झडप

एजेन्सी : म्यानमारमा सैनिक कू को विरोधमा भइरहेको प्रदर्शनका बीच सेना समर्थितहरु पनि सडकमा उत्रेपछी दुई समूहबीच झडप भएको छ ।

सैनिक कु को बिरुद्धमा म्यानमारको यंगुन शहरमा प्रदर्शनमा रहेका हजारौं प्रदर्शनकारीहरुमाथि सेना समर्थितहरुले ढुंगामुढा गरेपछी दोहोरो झडप भएको हो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।

यंगुन शहरमा प्रदर्शकारीहरु भेला हुने क्रममा करिब एक हजारको संख्यामा रहेका सेना समर्थकहरुले र्याली निकाली सेनाको समर्थनमा नारा लगाएका थिए । हातका चक्कु र पाइपसहित सडकमा उत्रेका सेना समर्थकहरुले प्रदर्शनकारीहरुमाथि आक्रमण गरेका थिए ।

म्यानमारमा सैन्य कु को बिरुद्धमा जारी प्रदर्शनका क्रममा सेनाले केही प्रदर्शनकारीहरुलाई सडकमा उतारेर थप हिंसा निम्त्याएको बिपक्षी प्रदर्शनकारीको आरोप छ । सेनाले भने प्रदर्शनमा उत्रिए जे पनि हुन सक्ने भन्दै सडकमा नउत्रन चेतावनी दिँदै आएको छ ।

म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि लगातार विरोध प्रदर्शनहरु भैइरहेका छन् । प्रदर्शनकारीहरुले आङ साङ सूचीको जननिर्वाचित सरकारको पूनर्वहाली र सूचीलगायत पक्राउ परेका नेताहरुको रिहाइको माग गरेका छन् । सेनाले भने चुनावमा धांधली भएको आरोप लगाउंदै आएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo