धनगढी : धनगढीमा ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ को ५७ औं शाखा खुलेको छ । बाजुराका २७ बर्षिया युवा ललित थापा ९सिरीस०ले संचालनमा ल्याएका हुन् । बिहिबार उद्योेग वाणिज्य संघ कैैलालीका अध्यक्ष पुष्पराज कुवँरले उद्घाटन गरेका हुन् ।
काठमाण्डौं,पोखरा,धरान,धनकृटा,चितवन,हेटौडासहित ५६ शाखा रहेको ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’को फ्रेन्चाइज युवा व्यवसायी थापाले सुदूरप श्चि प्रदेशमा पहिलो पटक धनगढीमा १ करोड ३५ लाख लगानीमा ५७ औं शाखा विस्तार गरेका छन् । बर्गर परिकारमा छृट्टै ब्राण्ड भएको ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’का संस्थापक फाउण्डर बसन्त लामा रहेका छन् ।
धनगढीको मेन बजारमा बर्गरका पारखीहरुलाई मध्यनजर गर्दै पारिवारीक वातानुकुल सहितको सुदूरपश्चिम प्रदेशमा पहिलो पटक ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’को शाखा संचालनमा ल्याएको संचालक थापाले बताए ।
बिशेष परिकार बर्गर रहे पनि क्रन्ची फाईचिकेन,सेकुवा, मःम,चाउमिन,ससेस लगायतका परिकार सस्तो र स्वादिष्ट र एकै पटक १ सय ४० जना ग्राहक क्षमता भएको संचालक थापाले जानकारी दिए । लगानि आफ्नो रहेपनि आन्तरिक डेकुरेसन,ग्राहकलाई दिइने सेवा सुबिधा कम्पनि कै अनुसार संचालन गरिन्छ । निःशुल्क होम डेलीभरीसहित धनगढीमा रहेका मध्यम होटल रेष्टुरेन्टमा हुने रेट नै रहने छ । बाहिरबाट हेर्दा ग्राहकले महँगो लागेपनि जो सुकैले पनि रेष्टुरेन्टमा आएर खाजा खान सक्ने मेनु रहेको उनले बताए ।