KhabarUjyalo

त्रिविको स्नातक कार्यक्रम तीनवर्षे नै बनाइने : नवनियुक्त उपकुलपति बराल

१२ फाल्गुन २०८०, शनिबार
त्रिविको स्नातक कार्यक्रम तीनवर्षे नै बनाइने : नवनियुक्त उपकुलपति बराल

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने बताएका छन् ।

विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हिजो पदबहाली गरेपछि उहाँले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताए ।

त्रिभुवन विश्वविद्यालयले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्कायतर्फ चारवर्षे स्नातक कार्यक्रम शुरुवात गरेको थियो । विषयको विशिष्टताका कारण केही विषयका स्नातक कार्यक्रम भने चारवर्षे वा पाँचवर्षे हुनसक्ने उहाँको भनाइ छ ।

विश्वविद्यालयका केही कार्यक्रममा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून र केहीमा शून्य रहेको भन्दै उहाँले अहिले मानविकी सङ्कायमा अरू कार्यक्रमको तुलनामा कम विद्यार्थी भर्ना हुने गरेको बताउनुभयो । यसको समाधानका लागि मानविकीलाई सबै सङ्काय र कार्यक्रमबाट आउन मिल्ने गरी पुनःसंरचना गरिने छ ।

 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo