धनगढी : कैलालीको अत्तरिया महोत्सवमा फेला परेका नक्कली टिकट प्रकरणको सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) सुदूरपश्चिमले माग गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) सुदूरपश्चिमले बिहिवार रास्वपाले सत्यतथ्य छानबिन गरि दोषिलाई कार्वाहीको माग गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ४ बुँदे ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा भनिएको छ:
१) सार्वजनिक संस्थालाई मोहरा बनाएर आफ्नो निजी स्वार्थ पुरा गर्ने जो कोही पदाधिकारी भए पनि कार्बाहीको लागि जिम्मेवारी हुनुपर्ने ।
२) अत्तरिया उद्योग वाणिज्य संघको २०८०/०९/२६ देखी २०८०/१०/०७ सम्म संचालनमा आएको सुदुरपश्चिम प्रादेशिक महोत्सव २०८० को नक्कली ठेली छानविन गरी दोषी पत्ता लगाई कानुन बोजिम छिटो भन्दा छिटो कार्वाही गरी सत्य तथ्य बाहिर ल्याउनु पर्ने ।
३) यस प्रकरणमा कुनै पनि शक्ति केन्द्रको प्रभावमा परि छानविन ओझेलमा पर्ने वातावरण सृजना हुनेछैन ।
४) नि बर्तमान अध्यक्ष असोक राज देवकोटा र बर्तमान अध्यक्ष कल्याण सिंह बोहरा हाल सम्म पनि कानुनी दायरामा नआई फारार रहेकाले निजलाई यथाशिग्र कानुनि दायरामा ल्याई घटनाको सत्यतत्य छिटो भन्दा छिटो बाहिर ल्याउन ध्यानार्कषण ।
उक्त ज्ञापन पत्र कैलाली जिल्ला प्रमुख अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई रास्वपा सुदुरपश्चिम प्रदेश समिति महामन्त्री पारस बाहुन ,प्रदेश प्रवक्ता सन्तोष राज जोशी ,धनगढी उपमहानगर प्रशिक्षण बिभाग प्रमुख कमल सुबेदी, गोदावरी नगर सभापति दिपक ओझा ,धनगढी उपमहानगर RAT बिभाग प्रमुख बसन्त बिष्ट ,नगर सदस्य कमल सुबेधी पुर्वीचौकी पालीका सभापति टेकराज रावल लगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाईयको थियो ।
कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले पुष २६ गतेदेखी माघ ७ गतेसम्म सञ्चालन गरेको महोत्सवमा २८ ठेली नक्कली टिकट फेला परेको थियो ।