तिमी र त्यो फुलआज बादल हरु यसै नाचिरहेछ्न
मेग नै गर्जिन्छ र आकाश बर्सिन्छ
हरियाली छाउछ ,सायद बसन्त लागेछ
घर आगनमा एउटा बिज उमिरिन्छ
कस्लाइ पो जागर छ र त्यसलाई चिन्न
माटोले आश्रय नदिएको भए
बेसकनको झरिले बगाइ लगि सक्थ्यो
बिज बोट हुँदै लहरा बन्न सुरु भैइदिन्छ
उस्को हुर्काइ झार हरुले रोक्न नखोजेको पनि हैन
गरिरहन्छ जीवन को संघर्स, सङ्ग्लो रहिरहन
पलाउछन हाङ्गाहरु , आकार बढीरहन्छ लहराको
कोपिला फक्री फुल्न थाल्छ्न फुलहरु
चिह्याउछ मान्छेले अनि दिन थाल्छ पानी
आहा ढकमक्कै लहरा भरी नै फुलहरु
आउछन थरीथरीका पुतली रमाउन
सुगन्ध छरिरहन्छ आगन भरी
बेजोड छ थपिएको रङ्गको सौन्दर्य
मौरिहरु आउछन, चुसिबस्छन फुलको रस
बनाउछ मह , खाइरहन्छ मान्छेले पनि
तर ,त्यो माटो- -त्यो लहरा –त्यो फुल –त्यो मौरी
कहिले गुनासो गर्दैन मान्छेलाई
सायद फुल फुलिसके पछि लहरा लाई सक्किनु पर्छ
लहरा ज्यादै ठुलो भएछ र त
पोषण नै नभएपछि झूक्न थाल्छ
उस्को हुर्काइ को यथार्थ कसैलाई जान्न चाह भए
सधै फक्री रहन्थ्यो होला,
यसै सुरु भएको उस्को यात्रा, अनायशै सकिन्छ
अरुलाइ बोध गराउनु पनि त थिएन उस्लाइ
चरीत्र बनेको छ उस्को, चिनारी भएको छ उस्को
उसलाई पनि हरेक साल बसन्त कुरिरहनुपर्छ
बेफिक्री आफू हुनुको अस्तित्व जोगाउन !
अनि तिमी ,के फरक छ तिमि र त्यो फुलमा???
✍️अन्जु कुवर