एक तिमी एक म मिलेर कति हुन्छ
सायद दुईटै मिल्दा यहाँ पिरति हुन्छ ।
तिमी नबाेल्दा मुटुमा चाेट परेको छ
एक चाेटि बाेलेर जाउ ओखती हुन्छ ।
मेरो शिरमा टेकेर त्यो उचाइमा पुग
खुड्किला नचडि कहाँ प्रगति हुन्छ ।
याे हजारौं फुलहरुकाे एक बगान हाे
कसले कहाँ पुग्नु छ आफ्नै नियति हुन्छ ।
आखालाई ब्यर्थ दाेष नलगाउ भाे
खुल्न मात्रै पनि परेलाकाे अनुमति हुन्छ ।
निर्मला न्यौपाने भावुक प्रेमि
अछाम रामाराेशन ०४ बाटुलासेन
