१८ असार २०७९, शनिबार

ओलीले बोलाए स्थायी कमिटी बैठक

१२ फाल्गुन २०७७, बुधबार
[Sassy_Social_Share]
ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा ओली समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो ।

कामचलाउ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । मंगलबार सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापनाको फैसला गरेको थियो ।

यससँगै ओलीसँग पदबाट राजीनामा दिने वा संसदमा बहुमत सावित गर्ने दुई विकल्प छन् । तर संसदमा ओली पक्षको बहुमत पुग्दैन । यद्यपि ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने र संसदको सामना गर्ने प्रतिक्रिया सार्वजनिक गरेका छन्

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo