KhabarUjyalo

धनगढीका किरण जागिर छोडेर डिस्ट्रीव्यूटर हुदै चिया उद्योगमा !

११ फाल्गुन २०७७, मंगलवार
धनगढीका किरण जागिर छोडेर डिस्ट्रीव्यूटर हुदै चिया उद्योगमा !

धनगढी : विदेशमा गएर रोजगार गर्ने भनेर धेरै युवाहरुको योजना बन्छ । विदेशमा राम्रो कमाई हुन्छ भनेर महंगो व्याजमा ऋण निकालेर विदेश उड्छन् । तर सोचे अनुसारको तलब नभए पछि स्वदेशमै केहि गरौं भन्ने सोच गर्छन भने केहि युवा स्वदेशमा रोजगार गर्दा पनि केहि कमाई नभएपछि विदेश तिर लाग्छन् । तर स्वदेशमै सानो कामबाट सुरुवात गरेकाहरुले संर्घष गर्दै छोटो समयमै राम्रो व्यवसाय विस्तार गरेर उदाहरण बनेका छन् धनगढी १८ फुलवारि पच्चिस घरका ३२ बर्षिय किरण अधिकारी।

एसएलसी पास भएपछि उच्च शिक्षा पढ्न आफ्नो मामा घर धरान गए। धरानकै महेन्द्र बहुमुखि क्याम्पस पढ्न गएका किरणलाई आफ्नो पढाइ खर्च समेत धान्न कठिन भयो ।घरपरिवारले उनलाई अब केहि काम गरेर आफ्नो खर्च चलाउन बारम्बार भनि रहन्थे । उनले घरको त्यो आग्रहलाई मनमा राखि केहि गर्र्नु पर्छ भनि कक्षा १२ को परिक्षा दिई सकेपछि उनि जागिर गर्न तयार भए । दाइ बिदुर अधिकारिको सहयोग मा धनकुटामा सुर्य चरोटको मार्केटिङमा जागिर रहेको थाह पायेर त्यहा जाने निर्णय गरे । स्नातक पढाई संगै धरानबाट जागिरका लागि धनकुटामा गए । मासिक १० हजार तलब भएतापनि धनकुटा हिले धेरै चिसो हुनुका साथै पढाईमा निरन्तरता नभएपछि फेरि धरानमै आए । धरानमै पढाईसंगै जुस कम्पनीमा काम गरे । स्नातक पढाई सकिएको थियो । धनकुटामा जागिर लगाइदिने दाई सरुवा भएर पोखरामा थिए । आफु पनि स्नातकोत्तर (डिग्री) पढाई गर्न पोखरा आए । उनले फेरि सुर्य चुरोट कम्पनी जागिरको कुरा गरिदिए । एक÷दुई बर्ष त्यसमै काम गरे पछि अन्य कम्पनिको मार्केटिङमा पनि काम गरे । त्यहि सिलशिलामा स्मार्ट फूड्स ,हिमालयन स्नयाक्स हुदै निम्बस नेपाल कम्पनिमा काम गरे। निम्बस कम्पनिमा उनि क्षेत्रीय निर्देशक समेत बने । कम्पनिले असाध्यै राम्रो तलब दिएपनि गर्दै आएको जागिरी छोडने निधो गरे । जागिर गर्दै आएको निम्बस कम्पनी कै सुदुरपश्चिमको पहिलो डिलर लिएर काम सुरु गरे । उनि आफुले पढाईसंगै विभिन्न कम्पनीमा सिकेका धेरै कुरालाइ ब्यबहार उतार्दै कसरी बस्तु बिक्री गर्ने,कुन बस्तुको बजारमा माग छ र कसरी बस्तु बिक्रीलाई प्रभाबकारि बनाउन सकिन्छ ?गुणस्तरिय उत्पादन के हो आदि जस्ता कुराहरु ध्यानमा राख्दै गए । केहि बर्ष डिलरको गर्दै कैलाली लगायत सुदूरपश्चिमका पहाडि जिल्लामा सप्लायर्स गरे । अरु कम्पनीको बस्तुको डिलर लिएर बिक्री गरिरहनु भन्दा आफैले उत्पादन गरेको बस्तु बिक्री गर्न पाए हुन्थ्यो भन्ने सोच बनाइरहेका थिए । एकदिन असोक मसलाका सन्चालक तथा सहयात्री जनक ढकाल को सहयोगमा उनले प्रसिद्ध चिया कम्पनी बलिदान बिक्रीमा रहेको कुरा सुने । सुदूरपश्चिममा बलिदानको ब्यापार बुझ्न सप्लायर्सको काम गरे । बजारमा राम्रो माग भएपछि सप्लायर्स गर्दै आएको बलिदान चियाको कम्पनी किन्न तयार भए र कम्पनीमा गएर कुरा गरि बलिदानको ब्राण्ड किनेर धनगढीमा उद्योग खोलेर संचालन गरिरहेको संचालक अधिकारीले बताए ।
“२० लाख तिरेर बलिदानको ब्राण्ड किने । अहिले उनले झण्डै एक करोड लगाएर सुदूरपश्चिममा पहिलो चिया उद्योग संचालनमा ल्याएका छौं । घरका ६ सदस्य र एक जना कामदार राखेर दैनिक २ हजारदेखि २५ सय किलो चिया उत्पादन गर्दै आएका छौं आफ्नै गाडिमा सप्लाइ गर्छौ । आफै खटिएर १५ ग्राम देखि १ केजिसम्मका प्याकेज बजारमा ल्याएका छौं । केहि समयमै मसला चियापत्ति ल्याउने तयारी रहेको छ ।”

उनले भने– “बजारमा अहिले मसला चियाका नाममा धेरैले बिभिन्न खालका मसलाक खोस्रा मात्र हालेर मसला चिया बिक्री गर्दै छन् । सुदूरपश्चिममा जस्तोपनि चिया बिक्री हुन्छ भनेर कमसल चिया दिने गरेका छन् । तर मसला चियामा एउटा बेग्लै दम हुनुपर्छ, सुदूरपश्मिवासीलाई त्यहि गुणस्तरिय चियाको स्वाद बलिदान चियाबाट दिने छौं ।”

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo