KhabarUjyalo

मङ्गल ग्रहमा अवतरण गर्दै गरेको एउटा अद्भुत भिडियाे सार्वजनिक (भिडियो सहित)

११ फाल्गुन २०७७, मंगलवार
मङ्गल ग्रहमा अवतरण गर्दै गरेको एउटा अद्भुत भिडियाे सार्वजनिक (भिडियो सहित)

काठमाण्डाै – अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अन्तरिक्ष यान पर्सिभिअरन्स रोभर मङ्गल ग्रहमा अवतरण गर्दै गरेको एउटा अद्भुत भिडियाे सार्वजनिक गरेको छ ।  

भिडियोमा गएको हप्ता मङ्गल ग्रहमा पर्सिभिअरन्स रोभर अवतरण गर्दाको अन्तिम क्षणलाई देखाइएको छ । भिडियोमा रोबाेटका चक्काले मङ्गल ग्रहको सतहमा टेक्दासम्मको दृश्य समेटिएको बीबीसीले जनाएको छ ।

भिडियाेमा धुलोको फन्का देखिन्छ र मोटर गाडीझैँ देखिने रोबोट अवतरण नजिक पुग्दा धुलोका कणहरू उछिट्टिएर उसको नजिक आएको देखिन्छ ।

अन्तरिक्ष यान पर्सिभिअरन्सलाई रकेटले झुलाउँदै जेजेरो क्रेटर नाम दिइएको मङ्गल ग्रहको सतहमा राखेको थियो । नासाले यानमा क्यामेराहरू बाँधेर पठाइएको थियो । सात वटा क्यामेरा यानको अवतरणको रेकर्डिङका लागि मात्रै राखिएको थियो ।

एक हजार किलोग्राम ताैल भएको उच्च प्रविधियुक्त रोबाेटमा सातवटा उपकरण, कयौँ क्यामेरा, माइक्रोफोन र एउटा ठूलो खन्ने उपकरण जडित छ । यस्तै, अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ ।

छ वटा पाङ्ग्रा भएको नासाको अन्तरिक्ष यान सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर गएको ७ गते मङ्गल ग्रहमा पुगेको हो ।

हेर्नुहाेस् भिडियाे :

https://www.bbc.com/news/av-embeds/56158928/vpid/p097r4r9

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo