KhabarUjyalo

कैलालीमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

१० फाल्गुन २०७७, सोमबार
कैलालीमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

धनगढी – कैलालीमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका वडा नं. २ का ७० वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो।

उपचाररत उनको सोमबार बिहान ५ बजेतिर मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनकाअनुसार कडा खालको निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि फागुन ३ गतेदेखि ती संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo