Khabar Ujyalo

नेत्रविक्रम चन्द विप्लवले भागरथी भट्टको सामुहिक बलात्कारपछि हत्या गरेको दाबी

९ फाल्गुन २०७७, आईतवार
नेत्रविक्रम चन्द विप्लवले भागरथी भट्टको सामुहिक बलात्कारपछि हत्या गरेको दाबी

धनगढी : नेत्रविक्रम चन्द विप्लवले बैतडीकी किशोरी भागरथी भट्टको सामुहिक बलात्कारपछि हत्या गरेको दाबी गरेको छ ।

नेत्रविक्रम चन्द बिप्लव नेकपाले शुक्रबार  प्रेस विज्ञप्ति जारी गर्दै  बैतडीको दोगडा केदार गाउँपालिकि भागरती भट्टमाथी दिनेश भट्टसहित अरुले पनि  सामूहिक बलात्कारपछि हत्या गरिएको हाम्रो पार्टीले अनुसन्धान रहेको जनाएको छ।’निज दिनेश भट्टलाई गहिरो ढंगबाट थप अनुसन्धान गरी अन्य दोषीहरूलाई पनि कानुनी कठघरामा उभ्याउन अनुरोध छ,’ विज्ञप्ति पत्रमा इन्चार्ज आजादको हस्ताक्षर रहेको छ । 

दिनेश भट्ट आफुले बलात्कारपछि हत्या गरेको स्विकार गरिसकेका छन् ।

माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बनमाराको झाडीभित्र फेला पारेको थियो ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.