Khabar Ujyalo

त्रिवि सेवा आयोगले विभिन्न पदमा झन्डै छ सय संख्याको जागिर खोल्यो

९ फाल्गुन २०७७, आईतवार
त्रिवि सेवा आयोगले विभिन्न पदमा झन्डै छ सय संख्याको जागिर खोल्यो

काठमाडौ : त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा जागिर खुलाएको छ।

आयोगले आइतबार गोरखापत्रमा सूचना निकालेर झण्डै छ सय संख्यामा आवेदन मागेको छ।

१४ जना प्राध्यापक, २४ जना सहप्राध्यापक र पाँच सय ५० जना उपप्राध्यापक पदमा आवेदन माग गरेको छ। यी सबै खुलातर्फ हुन्।
गणित, अंग्रेजी, अर्थशास्त्र, प्राणीशास्त्र, व्यवस्थापन, राजनीतिशास्त्र, क्लिनिकल माइक्रोबाइलोजी लगायतका विभिन्न विषयका प्राध्यापक माग भएको छ। 

प्राध्यापक पदका लागि तीन हजार पाँच सय र सहप्राध्यापकका लागि तीन हजार दुई सय दस्तुर लाग्नेछ। 

https://vacancies.tuservicecommission.edu.np/teacheropen बाट पनि फारम भर्न सकिन्छ। चैत १४ गतेसम्म फारम भर्नुपर्ने समय छ। 

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.