Khabar Ujyalo

बङ्गलादेशबाट पहिलो लटमा २० हजार मेट्रिक टन मल ल्याईदै

७ फाल्गुन २०७७, शुक्रबार
बङ्गलादेशबाट पहिलो लटमा २० हजार मेट्रिक टन मल ल्याईदै

काठमाडौँ : नेपाल सरकारले बङ्गलादेशबाट जीटूजी (सरकार–सरकार) सम्झौताबाट खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल नेपाल ल्याउने काम सुरु भएको छ । त्यहाँको कारखानाबाट मल बुझेर पानीजहाजमा लोड गरिएको छ ।

कृषि मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का लगाएको ढुवानीकर्ता संयुक्त अरब इमिरेट्स (यूएई) को कम्पनी जेन्ट्रेड एफजेडएफले बङ्गलादेशबाट पहिलो लटमा २० हजार मेट्रिक टन मल बुझेर पानीजहाजमा लोड गरिसकेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीले जानकारी दिनुभयो । सो पानीजहाज दुई दिनपछि कलकत्ता बन्दरगाह आइपुग्नेछ ।

त्यहाँ सो युरिया मलको ‘प्याकेजिङ’ हुनेछ अनि मात्र रेलमा हालेर नेपाल ल्याउने उहाँले बताउनु भयो । पहिलो लटमा २० हजार मेट्रिक टन युरिया मल बुझेको र अब विस्तारै बुझ्दै नेपाल ल्याउने काम हुने उहाँले बताउनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.