KhabarUjyalo

कोरोना संक्रमणबाट बुधबार १२ जनाको मृत्‍यु, ३ हजार ६३७ जना संक्रमित थपिए

१९ माघ २०७८, बुधबार
कोरोना संक्रमणबाट बुधबार १२ जनाको मृत्‍यु, ३ हजार ६३७ जना संक्रमित थपिए

काठमाडौं। कोरोना संक्रमणबाट बुधबार १२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्‍य भएको जानकारी दिइन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo