KhabarUjyalo

धनगढीमा एमाले निकट भातृ संगठनद्वारा पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोध प्रदर्शन

१९ माघ २०७८, बुधबार
धनगढीमा एमाले निकट भातृ संगठनद्वारा पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोध प्रदर्शन

धनगढी : धनगढीमा नेकपा एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोध प्रदर्शन गरेको छ। बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।

एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नारावाजी गर्दै पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा एमाले निकट भातृ संगठनका कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो ।

तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo