
काठमाडौ : नेविसंघले त्रिभुवन विश्वविद्यालयले परीक्षा स्थगित गरेका परिक्षा तत्काल सुरु गर्नु पर्ने माग गरेको छ ।
नेविसंघ त्रिवि समितिले कोरोनाको तेस्रो लहरका कारणले स्थगित गरिएका सम्पूर्ण तहका परिक्षाहरु र अन्य नियमित सम्पूर्ण क्रियाकलापहरु बैकल्पिक तरिका अपनाएर सुचारु गर्नु पर्ने माग गरेको हो ।
अनलाइन कक्षालाई ब्यबहारिक व्यवस्थित बनाउनु पर्ने, विद्यार्थीहरुलाई नि:शुल्क ईन्टरनेटको ब्यबस्थापन गर्नु पर्ने र ईन्टरनेटको सुबिधा बाहिर रहेका विद्यार्थीहरुलाई अन्य तरिकावाट शिक्षाको पहुँचम ल्याउनु पर्ने र त्रिविका परिक्षाको स्वरुप परिबर्तन गरेर भए पनि समयमै परिक्षा गर्नु पर्ने नेपाल विद्यार्थी संघ त्रिवि समितिका कार्यवाहक सभापति गणेश भण्डारीले बताए ।

तत्काल स्थगित परिक्षा सुचारु नगरे आन्दोलन गर्ने चेतावनी दिए । यस्तै बिगतमा भएको नेबिसंघ र त्रिवि बीचको सम्झौता कार्यान्वयनमा ल्याउनु पर्ने जोड दिए ।
कोरोना संक्रमण बढ्दै गएको भन्दै त्रिभुवन विश्वविद्यालयले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।
