
धनगढी,१८ माघ । कैलालीको भजनी नगरपालिकाबाट प्रहरीले तस्करी गरेर ल्याएको ३२ क्वीन्टल चिनी बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक नरबहादुर साउँदका अनुसार मंगलबार बिहान ५ बजे इप्रकाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले भजनी २ गौनियाबाट बेवारिसे अवस्थामा रहेको ३२ क्विन्टल चिनी बरामद गरिएको हो ।
चिनी आवश्यक कारबाहीका लागि सत्ती भन्सार कार्यालय खक्रौला पठाइएको छ । सीमा क्षेत्रबाट करिब २ किलोमिटरको दुरीमा शसस्त्र प्रहरीको बिओपी भए पनि चोरी तस्करी नियन्त्रण नभएको स्थानीयले आरोप लगाएका छन् ।

