KhabarUjyalo

बैतडीमा एक युवती मृत फेला !

१८ माघ २०७८, मंगलवार
बैतडीमा एक युवती मृत फेला !

बैतडी : बैतडीमा एक युवती मृत फेला परेकी छिन्। दोगडाकेदार गाउँपालिका–२ मल्ला गाउँ बस्ने ४५ वर्षीया चन्द्रा महरा मृत फेला परेकी हुन्।

सोमबार उनको शव सोही ठाउँको सोतेखोला नजिकैको पसलभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बिहान बारीमा बाख्रा चराउन गएकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त पसलमा उनको शव फेला परेको प्रहरीले बताएको छ।

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo